Logo

मूल्य घटाएर बोईङ ७५७ अमेरिकन कम्पनीलाई बिक्री गर्ने तयारी, सम्झौता फाइनल चरणमा

मूल्य घटाएर बोईङ ७५७ अमेरिकन कम्पनीलाई बिक्री गर्ने तयारी, सम्झौता फाइनल चरणमा



काठमाडौं । नेपाल वायुसेवा निगमले आफ्नो बोईङ ७५७ जहाज अमेरिकन कम्पनीलाई बिक्री गर्ने भएको छ । निगमले उक्त जहाज करिब ५९ करोड रुपैयाँमा बिक्री गर्न लागेको हो । उक्त जहाज बिक्रीका लागि यस अघि ७६ करोड रुपैयाँको मूल्याङकनसमेत गरेको थियो ।

तर उक्त समयमा बिभिन्न कारणले बिक्री गर्न नसकेपछि घटाएर भए पनि जहाज बिक्री गर्न लागेको निगमका प्रवक्ता गणेशबहादुर चन्दले जानकारी दिएका छन । चन्दका अनुसार जहाज बिक्रीका लागि सबै काम सम्पन्न भए पनि सम्झौता भने हुन सकेको छैन ।

उनका अनुसार अवको केही दिनभित्रै जहाज खरिद गर्ने अमेरिकन कम्पनी नेपाल आउने र सम्झौता हुनेछ । निगमले आफ्नो बोईङ ७५७–९एन जहाज बिक्रीका लागि असार ११ गते ४५ दिनको समय सीमा राखेर टेण्डर आह्वान गरेको थियो । तर, सो समयमा कुनै आवेदन नपरे पछि पुनः १५ दिनको समय राखेर आवेदन माग गरेको थियो । दुईईपटक सूचना प्रकाशन गर्दा समेत बिक्री नभएपछि सम्झौताबाटै टुङ्गो लगाउने गरी काम अगाडि बढेको निगम स्रोतले जानकारी दिएको छ ।

तर, थप गरेको समयमा समेत कुनै आवेदन नपरेपछि नेगोशिसनमार्फत जहाज बिक्री गर्ने प्रयास गरिरहेको छ । जसका लागि बिक्री गर्ने व्यस्थापनको प्रस्तावलाई निगम सञ्चालक समितिले समेत स्वीकृति दिएको थियो । अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन अर्थात् आइकाओको मापदण्ड अनुसार उक्त विमान सन् २०२० को मार्चसम्ममा नबेचे नेपालबाट उडाएर लान नसकिने हुन्छ।

यो विमान सन् १९८७ को सेप्टेम्बरमा निर्माण भएको र यसले अहिलेसम्म ८६ हजार ४ सय १० घण्टा उडान भरेको निगमले जनाएको छ । विस २०७२ सालको चैतदेखि नै निगमको यो पुरानो विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्डेड भएर बसेको छ ।

सन् १९८७ मा खरिद गरिएको यो विमान मर्मत गरी उडाउन धेरै खर्चिलो भएपछि निगम व्यवस्थापनले यसलाई नउडाई राख्ने र बेच्ने निर्णय गरेको थियो । निगमले मर्मत खर्च बढ्दै गएको र लागतअनुसारको नाफा हुन नसकेकाले बिक्री गर्न लागेको बताउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL