Logo

भायनेटको क्या लभ्ली अफर : ३४ हजारमै एक वर्षका लागि इन्टरनेट, नेट टिभी र साओमी रेडमी नोट ८ प्रो पाइने

भायनेटको क्या लभ्ली अफर : ३४ हजारमै एक वर्षका लागि इन्टरनेट, नेट टिभी र साओमी रेडमी नोट ८ प्रो पाइने



काठमाडौं । इन्टरनेट सेवा प्रदायक भायनेट कम्युनिकेसन्स्ले सञ्चालनको २० औं वर्षमा प्रवेश गरेको अवसरमा ग्राहकहरूका लागि ‘क्या लभ्ली अफर’ नामक आकर्षक योजना बजारमा ल्याएको छ । यस योजनाअन्तर्गत ग्राहकहरूले मात्र ३४ हजारमा एक वर्षका लागि इन्टरनेट, नेट टिभी र ६४ मेगापिक्सल क्यामरा भएको साओमी रेडमी नोट ८ प्रो प्राप्त गर्नेछन् ।

laxmi


त्यसैगरी २७ हजार ७ सयमा ग्राहकहरूले एक वर्षका लागि इन्टरनेट, नेट टिभी र साओमी रेडमी नोट ८ प्राप्त गर्नेछन् । यसका साथै भायनेट इन्टरनेट प्याकेजसँग ग्राहकहरूले १८ हजार ७ सय ९० देखि सामसङ र स्काइवर्थको ३२ देखि ४३ इन्चसम्मका एलडी टिभीहरूका साथै इन्टरनेट र फ्रि नेट टिभी प्राप्त गर्न सक्नेछन ।


यस योजनाअन्तर्गत भायनेटले ग्राहकहरूलाई ३ महिनाका लागि पनि विभिन्न आकर्षक प्याकेजहरू उपलब्ध गराएको छ । सन् १९९९ मा स्थापित भायनेट कम्युनिकेसन्स्ले भरपर्दो र राम्रो मूल्यमा ब्रोडब्यान्ड इन्टरनेट सर्भिस प्रदान गर्नमा सधैं अगाडि रहिआएको छ ।


सन् २०११ देखि भायनेट कम्युनिकेसन्स्ले फाइबर अप्टिक्स् इन्टरनेट वा एफटीटीएच इन्टरनेट सर्भिस सुरुवात ग¥यो र यो क्षेत्रका घरहरू र अफिसहरूलाई एफटीटीएच सेवाले जोड्न सफल भएको छ । आफ्नो सेवालाई काठमाडौं बाहिर विस्तार गर्दै भायनेटले हाल बनेपा, बुटवल, बिराटनगर, वीरगन्ज, चितवन, हेटौंडा र पोखरामा समेत आफ्नो सेवा सुचारु गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL