Logo

हिमालयन रिइन्स्योरेन्सको वार्षिक साधारणसभा सम्पन्न, लाभांश वितरणको प्रस्ताव अनुमोदन

हिमालयन रिइन्स्योरेन्सको वार्षिक साधारणसभा सम्पन्न, लाभांश वितरणको प्रस्ताव अनुमोदन



काठमाडौं । हिमालयन रिइन्स्योरेन्सले आफ्नो चौथो वार्षिक साधारणसभा सम्पन्न भएको छ। सभा जेठ २५ गते आइतबार काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा समापन भएको हो।

सभाले गत आर्थिक वर्ष २०८०/८१ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजी १० अर्ब ४० करोड रुपैयाँको कुल ४.७४ प्रतिशत लाभांश अनुमोदन गरेको छ। जसमा ४.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२४ प्रतिशत नगद लाभांश छन्।

यसै सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव अनुमोदन गरेको छ।

निजी क्षेत्रद्घारा प्रवद्र्धित हिमालयन रिइन्स्योरेन्स लिमिटेड अन्तराष्ट्रिय रेटिङ्ग एजेन्सीबाट रेटिङ्ग भएको नेपालको एक मात्र कम्पनी हो । कम्पनीले विश्वविख्यात रेटिङ्ग एजेन्सी AM Best बाट B+ रेटिङ्ग पाएको छ । कम्पनीले अन्तराष्ट्रिय बीमा बजारमा एक उदाउँदो पुनर्बीमा कम्पनीको पहिचान बनाउने क्रममा ५२ वटा भन्दा बढी देशहरुबाट पुनर्बीमा व्यवसाय भित्र्याउन सफल भएको छ भने विश्वविख्यात पुनर्बीमा कम्पनी General Insurance Corporation of India (GIC Re) या Hanoi Re तथा  Hanoi Re जस्ता ठूला पुनर्बीमा कम्पनीहरुको Retrocession Program मा समेत हिस्सा हासिल गर्न सफल भएको छ ।

कम्पनीले गत वर्ष मात्रै सर्वसाधारणमा नेपालको इतिहासको सबैभन्दा ठूलो प्रारम्भिक शेयर निष्काशन सम्पन्न गरेको थियो । सो शेयर निष्काशन सम्पन्न गरे लगत्तै बसेको कम्पनीको तेश्रो वार्षिक सभाले तत्कालीन चुक्ता पूँजी रु. १० अर्वको ४ प्रतिशतका दरले हुन आउने रु. ४० करोड बराबरको बोनस शेयर वितरण गर्ने निर्णय गरेको थियो । यति ठूलो चुक्ता पूँजी हुनुको बाबजुत कम्पनीले हरेक वर्ष ४ प्रतिशत भन्दा बढी लाभांश वितरण गर्दै आएको छ ।

त्यसैगरी सभाले प्रवन्धपत्र तथा नियमावलीमा गरिएको थप तथा संशोधन र सोको अभिलेख गराउने सम्बन्धमा नियमनकारी निकायबाट कुनै फेरबदल वा परिमार्जन वा सुधारको लागि निर्देशन भएमा सोही बमोजिम गर्ने गराउनेसम्बन्धी सम्पूर्ण अख्तियारी संचालक समितिलाई प्रत्यायोजन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

कम्पनीको संचालक समितिको अध्यक्षमा शेखर गोल्छा छन् भने संचालकहरुमा अमित मोर, शाहिल अग्रवाल, रोहित गुप्ता, राजीव मोर, सुभेच्छा खरेल, स्वतन्त्र संचालकमा सुभाष कुमार झुनझुनवाला छन् । यसैगरी कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा उपासना पौडेल छन् ।

प्रतिक्रिया दिनुहोस्