Logo

क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको साधारण सभा सम्पन्न, संचालकमा श्रेष्ठ र महर्जन निर्वाचित

क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको साधारण सभा सम्पन्न, संचालकमा श्रेष्ठ र महर्जन निर्वाचित



काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा जेठ २३ गते, शुक्रबार बिहान ११ बजे कम्पनीको रजिस्टर्ड कार्यालय, सुर्खेतमा सफलतापूर्वक सम्पन्न भएको हो ।

सभाको प्रारम्भमा प्रमुख कार्यकारी अधिकृत प्रताप मान श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्दै संस्थाको हालको प्रगति तथा भावी योजनाहरूको संक्षिप्त जानकारी दिएका थिए ।

त्यसपश्चात् सभामा संचालक समितिका अध्यक्ष ऋषिराज मोरले आफ्नो मन्तव्य सहित कम्पनीको दोस्रो वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

सभाबाट विभिन्न महत्वपूर्ण प्रस्तावहरू सर्वसम्मत रूपमा पारित गरिएका छन् । संचालक समितिको प्रतिवेदनमाथि सभामा उपस्थित सेयरधनीहरुले सकारात्मक अभिव्यक्ति दिँदै प्रतिवेदनलाई सर्वसम्मत रूपमा पारित गरिएको छ ।

त्यसैगरी लेखापरिक्षकको प्रतिवेदन सहित २०८१ आषाढ मसान्तको वासलात, आ.व. २०८०र०८१ को नाफारनोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचीहरूलाई छलफल पश्चात सर्वसम्मत रूपमा पारित गरिएको छ ।

आर्थिक वर्ष २०८१र०८२ का लागि बाह्य लेखापरिक्षकको रुपमा जेएन उपाध्याय एण्ड कम्पनीलाई नियुक्त गर्ने निर्णय समेत सभाबाट पारित गरिएको छ ।

त्यस्तै, सभाले समूह ‘ख’ अन्तर्गत सर्वसाधारण सेयरधनीहरूको तर्फबाट संचालकमा ईश्वर लाल श्रेष्ठ र सुनिता महर्जन निर्विरोध निर्वाचित गरेको छ ।

सभाको समापनमा संस्थाका अध्यक्ष ऋषिराज मोरले नव निर्वाचित संचालकहरूलाई बधाई ज्ञापन गर्दै उपस्थित सम्पूर्ण सेयरधनी, नियामक निकायका प्रतिनिधि तथा अतिथिहरूप्रति आभार व्यक्त गरे ।

उनले कम्पनीको भविष्यतर्फ केन्द्रित रणनीतिहरू र संस्थागत सुशासनमा प्रतिबद्धता दोहोर्‍याउँदै सभा विसर्जनको घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्