Logo

भाटभटेनीद्वारा जाजरकोटका भूकम्पपीडितलाई ४२ हजार किलो चामल सहयोग

भाटभटेनीद्वारा जाजरकोटका भूकम्पपीडितलाई ४२ हजार किलो चामल सहयोग



काठमाडौँ । भाटभटेनी सुपरमार्केटले जाजरकोट जिल्लाका भूकम्पपीडितलाई १ हजार ६८० बोरा चालम राहतस्वरुप प्रदान गरेको छ । क्षेत्रीय प्रबन्धक विनोद भट्टराईका अनुसार ४२ हजार किलो जिरा मसिनो चामल जिल्ला प्रशासन कार्यालय जाजरकोट मार्फत भूकम्प पीडितलाई हस्तान्तरण गरिएको हो ।

laxmi

राहत स्वरूप प्रदान गरिएको चामलको कूल मूल्य ३५ लाख रुपैयाँ रहेको छ । सुपरमार्केटले यसअघि रुकुम पश्चिम जिल्लाका भूकम्प पीडितका लागि पनि चामल राहत स्वरूप पठाएको थियो ।

सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ११ लाख ११ हजार १ सय १ रुपैयाँ सहयोग पनि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL