Logo

चुच्चेपाटीको भाटभटेनीमा ६ वटा मानव कंकाल फेला, पहिचान गर्न नसकिने अवस्था

चुच्चेपाटीको भाटभटेनीमा ६ वटा मानव कंकाल फेला, पहिचान गर्न नसकिने अवस्था



काठमाडौं । चुच्चेपाटीस्थित भाटभटेनी सुपरमार्केटमा जलेको अवस्थामा ६ वटा मानव कंकाल फेला परेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीका अनुसार ती कंकालहरू अत्यधिक जलेको कारणले पहिचान गर्न नसकिने अवस्थामा छन्।

प्रहरीले डीएनए परीक्षणपछि मात्र शवहरूको वास्तविक पहिचान हुने जनाएको छ। उक्त घटना २३ भदौमा जेनजीको आन्दोलनपछिको क्रममा भएको हो।

प्रतिक्रिया दिनुहोस्