Logo

कोशी प्रदेशका चार भाटभटेनीमा आगजनी र लुटपाट, इटहरी शाखा स्थानीयको सक्रियतामा जोगियो

कोशी प्रदेशका चार भाटभटेनीमा आगजनी र लुटपाट, इटहरी शाखा स्थानीयको सक्रियतामा जोगियो



काठमाडौं । कोशी प्रदेशका विभिन्न शहरमा रहेका भाटभटेनी सुपरमार्केटका चारवटा शाखामा मंगलबार राति योजनावद्ध रुपमा आगजनी र लुटपाट भएको छ। इटहरी शाखामा भने स्थानीयको सक्रियताका कारण ठूलो आगलागी हुनबाट जोगिएको छ।

भाटभटेनीको विराटनगर, इटहरी, धरान, दमक र बिर्तामोडमा शाखा सञ्चालनमा रहेका छन्। तीमध्ये विराटनगर, धरान, दमक र बिर्तामोडमा लुटपाटपछि आगजनी गरिएको हो। इटहरीमा आक्रमणको प्रयास भए पनि स्थानीयले आगो लगाउन रोकिदिएका थिए। तर, तोडफोड भने भएको प्रहरीले जनाएको छ।

विराटनगर शाखामा मंगलबार बेलुका अराजक समूहले लुटपाटसँगै आगो लगाएको थियो। आगो अहिलेसम्म पूर्णरुपमा निभिसकेको छैन भने स्टोर पूरै जलेर नष्ट भएको छ। यसपछि दमक र बिर्तामोड हुँदै धरानमा समेत भाटभटेनी सुपरमार्केटमाथि आक्रमण भएको हो।

सुरक्षा स्रोतका अनुसार मंगलबार बेलुकासम्म भाटभटेनी आन्दोलनकारीको मुख्य निशानामा थिएन। तर, विराटनगरमा भएको आगजनीपछि क्रमशः अन्य शहरका शाखाहरूमा पनि आक्रमण फैलिएको हो।

प्रतिक्रिया दिनुहोस्