Logo

शनिबार सिंहदरबारमा ४ घण्टा बिजुली नआउने, यस्तो छ कारण

शनिबार सिंहदरबारमा ४ घण्टा बिजुली नआउने, यस्तो छ कारण



काठमाडौं । शनिबार सिंहदरबारभित्र र त्यस आसपासका क्षेत्रमा बिजुली नआउने भएको छ । नेपाल विद्युत प्राधिकरणले शुक्रबार एक सूचना जारी गर्दै सिंहदरबार परिसरभित्र र त्यस वरपरका क्षेत्रमा शनिबार बिहान ४ घण्टा विद्युत आपूर्ति बन्द हुने जानकारी दिएको हो ।

laxmi

स्युचाटारदेखि सिंहदरबारसम्मको ६६ केभी लाइन मर्मत कार्य गर्न उक्त क्षेत्रमा विद्युत लाईन कट गर्नुपर्ने प्राधिकरणको भनाई छ । जसका कारण सिंहदरबार परिसरभित्रका सबै कार्यालयहरु, जिल्ला प्रशासन कार्यालय बबरमहल, पुतलीसडक, बागबजार, कमलादी, हात्तीसार, डिल्लीबजार, असन, महाबौद्ध, जमल, घट्टेकुलो, अनामनगर, ज्ञानेश्वर, नक्शाल, सेतोपुल, रातोपुल क्षेत्रमा विद्युत आपूर्ति बन्द हुने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL