Logo

प्रारम्भिक सहमति भएका विद्युत आयोजनाको पीपीए हुने, प्राधिकरणले दियो ३५ दिनको समय

प्रारम्भिक सहमति भएका विद्युत आयोजनाको पीपीए हुने, प्राधिकरणले दियो ३५ दिनको समय



काठमाडौं । प्रारम्भिक सहमति भएका विद्युत आयोजनाहरुको विद्युत खरिद सम्झौता (पीपीए) हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले मंगलबार एक सार्वजनिक सूचना नै जारी गरेर प्रारम्भिक सहमति भएका विद्युत उत्पादकहरूलाई विद्युत खरिद सम्झौतामा हस्ताक्षरका लागिसमेत बोलाएको हो ।

laxmi

प्राधिकरणले सूचना जारी गर्दै यस्ता आयोजनाहरुलाई आवश्यक कागजपत्रसहित ३५ दिनभित्र सम्पर्कमा आउन सार्वजनिक आव्हान गरेको हो ।

नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिको निर्णयानुसार नदी प्रवाहमा आधारित आयोजना (आरओआर) अधिकतम ६ हजार ७ सय ५० मेगावाट र अर्ध जलाशययुक्त आयोजना (पीआरओआर)का लागि ४ हजार ५ सय मेगावाटको सीमा निर्धारण गरिएको छ। यो सिमासम्म रहेर नयाँ आयोजनासँग पीपीए गर्ने प्राधिकरणले जारी गरेको सूचनामा उल्लेख छ ।

सीमासम्म नपुगेससम्म प्राधिकरणसँग ग्रिड कनेक्सन एग्रिमेन्ट सम्पन्न भएको मितिलाई आधार मानी रोल क्रम अनुसार पीपीए अघि बढाउने प्राधिकरणले जानकारी दिएको छ।

हस्ताक्षरको अख्तियारी, परफरमेन्स बैंक जमानत र शुल्क बुझाउन पनि प्राधिकरणले आग्रह गरेको छ । तोकिएको अवधिभित्र निवेदन प्राप्त नभएमा वा प्राप्त निवेदनहरूमा आवश्यक कागजातहरू संलग्न नभएमा त्यस्ता आयोजना रोलक्रमबाट हट्ने प्राधिकरणले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्
MBL