Logo

अरुण ३ मा देखिएको अवरोध हटाउन इप्पानको माग, छलफल बाट सहमती जुटाउन सुझाव

अरुण ३ मा देखिएको अवरोध हटाउन इप्पानको माग, छलफल बाट सहमती जुटाउन सुझाव



काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)ले अरुण ३ जजविद्युत आयोजनामा देखिएका अवरोधहरु हटाउन माग गरेको छ । बिहीबार एक ध्यानाकर्षण पत्र जारी गर्दै इप्पानले ९ सय मेगावाट क्षमताका उक्त आयोजनामा देखिएको अवरोध हटाउन उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयसँग माग गरेको हो ।

laxmi

इप्पानले आयोजना निर्माणका क्रममा देखिएका कुनैपनि विवादहरु वार्ता र छलफलका माध्यमबाटै समाधान गर्न सकिने सुझाव पनि दिएको छ । उक्त आयोजना हाल भारतीय कम्पनी सतलज जलविद्युत निगम (एसजेभीएन)ले अघि बढाईरहेको छ । यसअघि पनि स्थानीय र आयोजनाबीच विवाद हुँदा उक्त आयोजनाबाट विश्व बैंकले हात झिकेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL