Logo

Global_Ime

महालक्ष्मी लाइफ इन्स्योरेन्सको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न, प्रभु लाइफसँग मर्जरको तयारी

महालक्ष्मी लाइफ इन्स्योरेन्सको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न, प्रभु लाइफसँग मर्जरको तयारी



काठमाडौँ(जस)–महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको पाँचौँ वार्षिक साधारण सभा राजधानीमा सम्पन्न भएको छ । अध्यक्ष मनोरञ्जन रमण शर्माको अध्यक्षतामा सञ्चालन भएको सभामा कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले स्वागत मन्तव्य व्यक्त गर्दै जीवन बीमा क्षेत्रको वर्तमान अवस्था, विद्यमान समस्या र आगामी हुने मर्जर बारेमा जानकारी गराए । अध्यक्ष शर्माले वार्षिक प्रतिवेदन पेस गर्दै कम्पनीको वर्तमान वित्तीय स्थिति र भावी कार्यक्रम सम्बन्धमा पनि प्रकाश पारे ।

Laxmi_sunrise
KBL

सभाले अध्यक्षद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन सहित आ.व. २०७७/७८ को वासलात, नाफा नोक्सान हिसाब र अन्य वित्तीय विवरण पास गरेको छ । यसै गरी साधारण सभामा प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड र महालक्ष्मी लाइफ इन्स्योरेन्स एक आपसमा गाभ्ने/गाभिने, गाभे पछि कम्पनीको नाम “प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड” कायम हुने, दुवै कम्पनीको शेयर अनुपात १ः१ कायम गरी गाभ्ने/गाभिने, दुवै कम्पनी एक आपसमा गाभ्दा/गाभिदा भएको अन्तिम सम्झौता पत्र लगायत अन्य सहमति अनुमोदन गर्ने, सम्पत्ति दायित्वको मूल्याङ्कन गर्न नियुक्त लेखा परीक्षक र निजको पारिश्रमिक अनुमोदन गर्ने लगायतका प्रस्ताव सर्वसम्मतिले पारित भएको छ ।

कार्यक्रमको अन्त्यमा सञ्चालक उमेशलाल श्रेष्ठले सहभागी सबैलाई धन्यवाद ज्ञापन गरेका थिए । कम्पनी सचिव कमल पन्थीले सञ्चालन गरेको कार्यक्रममा बीमा प्राधिकरणको निर्देशन अनुसार आषाढ मसान्त भित्र दुवै कम्पनी मर्ज भई एकीकृत कारोबारमा जाने जानकारी गराइएको छ ।

प्रतिक्रिया दिनुहोस्
Sagarmatha_cement
MBL
NTC