Logo

आनमा सन्तोष श्रेष्ठ विजयी, पदाधिकारीमा श्रेष्ठ प्यानलनैै वर्चस्व

आनमा सन्तोष श्रेष्ठ विजयी, पदाधिकारीमा श्रेष्ठ प्यानलनैै वर्चस्व


बिजखबर संवाददाता
0
Shares

बिजखबर संवाददाता

४ पुस, काठमाडौं । नेपाल विज्ञापन संघ (आन)को अध्यक्षमा सन्तोष श्रेष्ठ विजयी भएका छन् । बिहिवार सम्पन्न संघको १५ औं साधारणसभाले उनलाई अध्यक्षमा निर्वाचित गरेको हो ।

संघका कुल २ सय ६३ मतदातामध्ये बिहीवारको निर्वाचनमा २ सय ५८ मत खसेको थियो । त्यसमा विजयी श्रेष्ठले १ सय ३७ मत ल्याउएका हुन् । यससँगै अबको दुई वर्ष आनको नेतृत्व श्रेष्ठले सम्हाल्ने छन् । यसअघि श्रेष्ठ संघको महासचिव पदमा थिए ।

aan prisident
साधारणसभाले उपाध्यक्षका दुई उम्मेदवारलाई भने समान मत दिएको छ । उपाध्यक्षका उम्मेदवार मोहम्मद अख्तर र उदय शाक्यले समान १ सय २७ मत ल्याएका हुन् । दुवै उम्मेदवारले कार्यकाल एक÷एक वर्षका लागि बाड्ने भएका छन् ।

त्यस्तै, महासचिव नारायणकुमार श्रेष्ठ १ सय ३७ मत प्राप्त गरी विजयी भएका छन् । त्यस्तै, कोषाध्यक्षमा यादव श्रेष्ठ निर्वाचित भएका छन् । उनले १ सय ३२  मत प्राप्त गर्नु गरेका हुन् । अध्यक्षदेखि कोषाध्यक्षसम्म विजयी सवै श्रेष्ठ प्यानलका उम्मेदवार रहेको बताइएको छ ।

aan elected photo

संघको सचिवमा भने रिजाल प्यानलका धिरज लामिछाने निर्वाचित भएका छन् । त्यस्तै, सहकोषाध्यक्षमा रिजाल प्यानलकै यमुना पौडेल १ सय ३६ मत ल्याएर निर्वाचित भएकि हुन् ।

साधारणसभाले संघको कार्यसमिति सदस्यमा श्रेष्ठ प्यालनबाट पंकज प्रधान, मुना श्रेष्ठ र शालिकराम घिमिरे  तथा रिजाल प्यालनबाट रोशन प्रसाई, रमेश पुरी र मिनु राजभण्डारीलाई निर्वाचित गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL