Logo

यूनियन लाइफ इन्स्योरेन्सको विशेष साधारण सभा सम्पन्न, मर्जरसम्बन्धी प्रस्ताव पारित

यूनियन लाइफ इन्स्योरेन्सको विशेष साधारण सभा सम्पन्न, मर्जरसम्बन्धी प्रस्ताव पारित



काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको विशेष साधारण सभा सम्पन्न भएको छ । सभा वैशाख ६ गते बुधबारका दिन भैरहवामा सम्पन्न भएको हो । सो सभाले यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड एक आपसमा गाभ्नेरगाभिने सम्बन्धी अन्तिम प्रस्तावहरुलाई पारित गरेको छ ।

laxmi

त्यसै गरी एक आपसमा गाभिए पश्चात बन्ने जीवन बीमा ब्यवसाय गर्ने कम्पनीको नाम हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड कायम गरी सो नामबाट जीवन बीमा ब्यवसाय संचालन गर्ने सम्बन्धी प्रस्ताव समेत पारीत गरेको छ ।

साथै तिनबटै कम्पनीको सेयर अनुपात क्रमशः १ः१ः१ कायम गर्ने, एक आपसमा गाभ्नेरगाभिने सम्बन्धी कार्यको लागि गरिएको अन्तिम संझौतापत्र ,सहमतीपत्र तथा अन्य भए गरेका मर्जर सम्बद्ध संझौताहरुको अनुमोदन गर्ने , चलरअचल सम्पत्ति तथा दायित्व मुल्यांकन प्रतिवेदनतयार गर्नका लागि नियुक्त लेखापरीक्षकरमुल्यांकनकर्ताको नियुक्ति तथा पारिश्रमिकको अनुमोदन, एक आपसमा गाभ्नेरगाभिने प्रयोजनको लागि बाँकी काम कार्यवाही (प्रक्रिया अगाडी बढाउन संचालक समितलाई अख्तियारी दिनुका साथै संचालक समितीमा हुने फेरबदल, तथा संचालक समितीको कार्यकाल सम्बन्धि प्रस्ताव समेत पारीत भएको छ ।

यसका अलाबा प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संसोधन गर्ने, पूँजि संरचना परीर्वतन लगायतका सम्पूर्ण प्रस्ताबहरु सर्वसम्मत रुपमा पारीत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL