Logo

भायानेट कम्युनिकेसनले मनायो डिआरएसको विजय उत्सव

भायानेट कम्युनिकेसनले मनायो डिआरएसको विजय उत्सव



काठमाडौँ । सन् २०२२ को पीएमजीसी ग्रान्ड फाइनलमा पबजी मोबाइल टोली डिआरएस गेमिङको विजयलाई भायानेट कम्युनिकेसनको कार्यालय परिसरमा मनाइएको छ।

भायानेट कम्युनिकेसन डीआरएसको आईएसपी पार्टनर, प्रायोजक र लामो समयदेखि समर्थक हो। कम्पनीद्वारा आयोजित एक कार्यक्रममा डीआरएसका टोली सदस्य दीपेश गुरुङ, शाहस भण्डारी, सुविनकुमार प्रजापति र समर गुरुङलाई भायनेटका प्रमुख कार्यकारी अधिकृत सेवा पाठक बोहराले सम्मान गरेकी थिइन् ।

कार्यक्रममा डिआरएसले पीएमजीसी ग्लोबल च्याम्पियनसिपको आफ्नो फाइनलसम्मको प्रेरणादायी यात्रा र उनीहरुको ग्लोबल पीएमजीसी एरेनामा अगाडि बढ्न नेपालको इन्टरनेट कनेक्टिभिटीको भूमिकाका बारेमा बोलेका थिए । उनीहरुले नेपालको इन्टर्नेट कनेक्टिभिटीले नेपाली इस्पोर्ट उद्योगलाई विकसित गर्न र व्यावसायिक गेमरहरूलाई विश्वव्यापी प्रतिस्पर्धा गर्न अनुमति दिने अन्तर्राष्ट्रिय स्तरको बनाउनको लागी लामो यात्रा गरेको उल्लेख गरे ।

भायानेट सीईओ सेवा पाठक बोहराले कम्पनी गेमरहरूको रोजाइको इन्टरनेट बन्न प्रतिबद्ध रहेको र गेमिङलाई नेपालमा प्रोत्साहन गर्नका लागि गेमिङ लक्षित उत्पादनलाई थप विस्तार गर्दै लैजाने लक्ष्य रहेको बताइन् । नेपालको सबैभन्दा लोकप्रिय पबजी टोलीहरूमध्ये एक डिआरएस गेमिङले जनवरी आठमा इन्डोनेसियाको जकार्तामा आयोजित सबैभन्दा ठूलो पबजी गेमिङ प्रतियोगितामा विश्वभरका ५१ उत्कृष्ट टोलीहरू मध्ये उपविजेता बनेर इतिहास रचेको थियो। टोलीका सदस्यहरूले उक्त ऐतिहासिक प्रदर्शनको लागि दुई लाख डलर नगद राशि जित्न सफल भएका थिए।

प्रतिक्रिया दिनुहोस्
MBL