GBIME
SAMSUNG

सानिमा जनरल इन्स्योरेन्सको विशेष साधारण सभाबाट मर्जसहितका प्रस्ताव अनुमोदन


बिजखबर संवाददाता
28 September, 2022 9:22 am

sanima genral insurance

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स लिमिटेडको विशेष साधारण सभा सम्पन्न भएको छ । उक्त सभा मंगलबार कम्पनीका अध्यक्ष खेमराज लामिछानेको अध्यक्षतामा कुण्डलीनी दरवार बैङक्वेट, चण्डोल, काठमाडौंमा सम्पन्न भएको हो ।

NABIL
Lamxi_bank

उक्त सभामा प्रस्तुत सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्स कम्पनी नेपाल एक आपसमा गाभ्ने÷गाभिने सम्बन्धी निर्णय तथा कम्पनीको चल अचल सम्पत्ति र दायित्व मुल्याङ्कन गर्नको लागि मान्यता प्राप्त मुल्याङ्कनकर्ता नियुक्ती तथा निजलाई प्रदान गरिएको पारिश्रमिकको अनुमोदन गरेको छ ।

साथै मर्जर सम्बन्धी सम्पूर्ण अन्य आवश्यक प्रक्रिया पूरा गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धी प्रस्ताव सर्वसम्मत रुपमा पारित गरेको छ । अध्यक्षले सभामा उपस्थित सम्पूर्ण शेयरधनी महानुभावहरु तथा कर्तव्यनिष्ठ कर्मचारीहरुलाई हार्दिक धन्यवाद प्रदान गर्दै सभाको विसर्जन गरे ।

प्रतिक्रिया दिनुहोस्

CIVIL
NCHL