Logo

महंगा ब्रान्डको नक्कली मदिरा नेपालमै उत्पादन, डबल ब्ल्याकदेखि जेडीसम्म उत्पादन गर्ने ५ जना पक्राउ

महंगा ब्रान्डको नक्कली मदिरा नेपालमै उत्पादन, डबल ब्ल्याकदेखि जेडीसम्म उत्पादन गर्ने ५ जना पक्राउ



काठमाडौं । नेपालमा महंगा ब्रान्डको नक्कली मदिरा उत्पादन गरी बिक्रि वितरण गर्ने पाँच जना पक्राउ परेका छन् । प्रहरीले कोटेश्वरबाट दोलखाका हरि वली, बिशाल वली, भगवान बबस्नेत तथा रामेछापका मनोज खत्री र गोपी श्रेष्ठलाई पक्राउ गरेको हो । उनीहरुलाई प्रहरीले शुक्रबार र्न सार्वजनिक गरेको छ ।

laxmi

प्रहरीका अनुसार उनीहरूले ब्लाक लेभल, डबल ब्लाक, ज्याक डेनियल्स लगायत ब्रान्डको बोतलमा नक्कली मदिरा उत्पादन गरी बिक्रि गर्दै आएका थिए । उनीहरुले भक्तपुर दुवाकोटमा फ्याक्ट्री राखी नक्कली मदिरा उत्पादन गर्दै आएको प्रहरीले जानकारी दिएको छ ।

साथै प्रहरीले उनीहरुको कोटेश्वरमा रहेको डेरा र भक्तपुरस्थित फ्याक्ट्रीबाट ठूलो मात्रामा नक्कली मदिरा बरामद गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेशराज मैनालीले बताए । मैनालीका अनुसार उनीहरुले यस्तो मदिरा डिस्को, बार तथा लाउन्जहरुमा बिक्रि गर्दै आएको थिए ।

प्रहरीका अनुसार उनीहरुले मदिराका बोतलमा आन्तरिक राजश्व विभागको नक्कली अन्तशुल्क स्टिकर समेत प्रयोग गर्दै आएका थिए । पक्राउ परेका ५ जनालाई नै जिल्ला प्रशासन कार्यालय काठमाडौंले कालोबजारी मुद्दामा सात दिनमा थुनामा राख्न अनुमति दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL