Logo

सडक विभागले अनुमति नदिँदा विद्युतको तार भूमिगत कार्य अन्यौलमा, किन भयो विभाग र प्राधिकरणबीच द्वन्द ?

सडक विभागले अनुमति नदिँदा विद्युतको तार भूमिगत कार्य अन्यौलमा, किन भयो विभाग र प्राधिकरणबीच द्वन्द ?



काठमाडौं । सडक विभागले पछिल्लो १ बर्षदेखि मुख्य सडक खन्ने अनुमति नदिँदा नेपाल विद्युत प्राधिकरणको तार भूमिगत कार्य सुस्ताएको छ । सडक विभागले गोंगबु देखि चावहिल, एयरपोर्टदेखि माईतिघर, दरवारमार्ग, रत्नपार्क, जमललगायतका क्षेत्रमा सडक खन्ने अनुमति नदिँदा हाल यस क्षेत्रमा काम रोकिएका हो । अनुमति पाईसकेका र सहायक सडकलगायतमा काम शतप्रतिशत भईसकेपनि केहि मुख्य सडकखण्डहरुमा विभागले खन्न अनुमति नदिएपछि काम रोकिराखेको प्राधिकरणका प्रवक्ता सुरेश बहादुर क्षेत्रीले बताए । उनका अनुसार प्राधिकरण र सडक विभागबीच एक आपसमा बेलाबेलामा छलफल भएपनि अझै सडक विभागले सडक खन्न दिने टुंगो लगाईसकेको छैन ।

laxmi

पछिल्लो समय नेपाल विद्युत प्राधिकरण र सडक विभागबीच एक किसिमको विवाद जारी छ । तिव्रत्तर रुपमा अघि बढिरहेको विजुलीका तार भूमिगत गर्ने कार्यलाई सडक विभागले बाधा पुर्याएको प्राधिकरण बताउँदै आएको छ । यता सडक विभाग भने प्राधिकरणले सर्तमा तोकेबमोजिम काम नगरेको भन्दै मुख्य सडकहरुमा खनेर तार विछ्याउन नदिने बताउँदै आएको छ ।
प्राधिकरणले हालसम्म भित्री र सहायक सडकहरुमा विदुतीय तार भूमिगत गर्ने कार्य सम्पन्न गरिसकेको छ । यस्ता सडकमा ट्रान्समिसन बक्स राख्ने कामसमेत सम्पन्न भईसकेको प्राधिकरणका प्रवक्ता सुरेश बहादुर भट्टराईले बिजखबरलाई जानकारी दिए ।

प्राधिकरणले सडक विभागले भनेजस्तै सर्तमा काम गर्न तयार भएको बताएपनि काम गर्नेगरी अनुमति नदिएको प्राधिकरणको आरोप छ ।

यसरी सडक विभागले समयमै सडक खन्ने अनुमति नदिएपछि प्राधिकरणले भनेकै समयमा काम सम्पन्न गर्न नसक्नेप समस्यासमेत उत्पन्न भएको प्राधिकरणका अधिकारीहरु बताउँछन् । हाल प्राधिरकणले काठमाडौं उपत्यकामा विद्युत तार भूमिगत गर्न थालेको साढे २ बर्ष वितिसकेको छ । तर, अझै मुख्य सडकहरुमा मुख्य लाईन नै विछ्याउन बाँकी छ । यता प्राधिकरणले आगामी ५ महिनापछि सबै विजुलीका तार भूमिगत गरी काठमाडौंमा भूमिगत तारबाटै विद्युत प्रवाह गर्ने घोषणासमेत गरिसकेको छ । प्राधिकरणको घोषणामा समेत सडक विभागको बाधा आईपर्ने देखिएको छ ।

नेपाल विद्युत प्राधिकरणले २०७६ फागुन ५ गतेदेखि काठमाडौं उपत्यकामा विजुलीका तार भूमिगत गर्ने कार्य अघि बढाएको थियो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त कार्यको शिलान्यास गरेका थिए । सो कार्य शिलान्यास गर्नेबेला सडक विभागले सबै सडकमा प्राधिकरणलाई तार भूमिगत गर्न सहमति दिएको थिए । यता प्राधिकरणले पनि उक्त आयोजना शिलान्यास गर्ने बेलामा सहमतिमा होरीजेन्टल मेसिनको प्रयोग गरी तार भूमिगत गर्ने, सडक खनेको १० दिनमै पुरेर सफा गरिदिने, चाँडै मर्मत गर्नेलगायतका कुराहरु राखेको थियो ।

हाल प्राधिकरणले आफैले गरेको सहमति अनुसार काम गर्न नसकेपछि र सडक अलपत्र पारिदिएपछि मुख्य सडक खन्न नदिएको सडक विभाग बताउँछ ।

प्राधिकरणले हाल काठमाडौंका कलंकी, रत्नपार्क, महाराजगंज, चावहिल, भक्तपुर र ललितपुर वितरण केन्द्र अन्तर्गतका स्थानमा पनि विद्युतीय तार भूमिगत गर्ने कार्य अघि बढाएको छ । यस्तै उपत्यका बाहिर भरतपुर र पोखरामासमेत तार भूमिगत गर्नका लागि टेण्डर प्रक्रिया अघि बढिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL