Logo

आइसीएफसी फाईनान्स र स्मार्ट च्वाइस टेक्नोलोजिजले गरे डिजिटल पेमेन्टसम्बन्धमा व्यवसायिक सम्झौता

आइसीएफसी फाईनान्स र स्मार्ट च्वाइस टेक्नोलोजिजले गरे डिजिटल पेमेन्टसम्बन्धमा व्यवसायिक सम्झौता



काठमाडौं । आइसीएफसी फाईनान्स र स्मार्ट च्वाइस टेक्नोलोजिज (एससिटी)बीच व्यवसायिक सम्झौता भएको छ । डिजिटल पेमेन्ट कारोबार गर्ने ग्राहकहरुलाई लक्षित गरी स्मार्ट क्यूआर प्रयोगमा ल्याउनका लागि दुई संस्थाबीच व्यवसायिक सम्झौता भएको हो ।

यससँगै आइसीएफसी फाईनान्सका ग्राहकहरुले बैंकको मोबाईल बैंकिङ्ग एप (आईसीएफसी फाइनान्स स्मार्ट) प्रयोग गरी कुनै पनि वस्तु तथा सेवा खरिद गर्दा उक्त सेवाको भुक्तानी स्मार्ट क्यूआर मार्फत गर्न सक्ने जनाएको छ ।

उक्त सम्झौतापत्रमा स्मार्ट च्वाइस टेक्नोलोजिजका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल पन्तले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL