काठमाडौं । नेपालकी पहिलो महिला प्रधानमन्त्रीका रूपमा सुशीला कार्कीले शुक्रबार पद तथा गोपनीयताको सपथ लिएकी छन्। राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ६१ लाई आधार मानी उनलाई अन्तरिम मन्त्रिपरिषद्को नेतृत्व गर्न नियुक्त गरेका हुन्। कार्कीले राष्ट्रपति पौडेलसमक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरेकी हुन् ।
जेन–जीको मागअनुसार अन्तरिम सरकारको व्यवस्था गर्ने क्रममा कार्कीलाई प्रधानमन्त्रीको जिम्मेवारी दिइएको हो। राष्ट्रपति कार्यालयका अनुसार संविधानको धारा ६१ को उपधारा ३ र ४ मा उल्लेखित ‘राष्ट्रिय एकताको प्रवर्द्धन’ र ‘संविधानको पालन तथा संरक्षण भन्ने दायित्वलाई आधार मानी कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको हो।
सपथ ग्रहणपछि प्रधानमन्त्री कार्कीले संविधान र जनताको अपेक्षाअनुरूप अन्तरिम सरकारलाई प्रभावकारी बनाउन सबै दल र नागरिक समाजसँग सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गरेकी छन्।