Logo

प्रधानमन्त्री कार्कीको पिएसओमा डीएसपी निशान थापा खटाइए

प्रधानमन्त्री कार्कीको पिएसओमा डीएसपी निशान थापा खटाइए



काठमाडौं । नव नियुक्त प्रधानमन्त्री सुशिला कार्कीको व्यक्तिगत सुरक्षा अधिकृत (पिएसओ)मा प्रहरी नायब उपरीक्षक (डीएसपी) निशान थापा खटाइएका छन्। प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङले कार्कीको सुरक्षामा थापालाई जिम्मेवारी दिने निर्णय गरेका हुन्।

राष्ट्रपति रामचन्द्र पौडेलले जेनजी आन्दोलनको मागअनुसार संविधानको धारा ६१ को व्यवस्था प्रयोग गर्दै कार्कीलाई शुक्रबार प्रधानमन्त्रीमा नियुक्त गरेका थिए। उनले शितल निवासमा पद तथा गोपनीयताको शपथ लिएकी छन्।

प्रधानमन्त्री कार्की बालुवाटारमै बस्ने भएकी छन्। जेनजी आन्दोलनका क्रममा बालुवाटार परिसरमा आगजनी भए पनि मुख्य आवास सुरक्षित रहेकाले त्यहीँबाट कार्य सम्पादन गर्ने निर्णय भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक अधिकारीले जानकारी दिए।

जेनजी आन्दोलन नियन्त्रणबाहिर गएपछि भदौ २४ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएर निवास छाडेका थिए। त्यसपश्चात् उत्पन्न परिस्थितिअनुसार आगामी ६ महिनाभित्रै प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्ने जिम्मेवारीसहित कार्कीलाई प्रधानमन्त्री नियुक्त गरिएको हो।

प्रतिक्रिया दिनुहोस्