Logo

यूनाइटेड इन्स्योरेन्समा नयाँ सञ्चालक चयन, मर्जरको निर्णय गर्ने अधिकार सञ्चालक समितिलाई

यूनाइटेड इन्स्योरेन्समा नयाँ सञ्चालक चयन, मर्जरको निर्णय गर्ने अधिकार सञ्चालक समितिलाई



काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कं. (नेपाल) लि. को २८औं वार्षिक साधारण सभाले नयाँ सञ्चालक समिति चयन गरेको छ ।

कम्पनीको संचालक समितिमा संस्थापक शेयरधनी समुह (क) तर्फबाट प्रतिनिधित्वगर्ने ४ (चार) जना संचालकहरुको र सर्वसाधारण शेयरधनी समुह (ख) तर्फबाट प्रतिनिधित्वगर्ने २ (दुई) जना संचालकहरुको निर्वाचनमार्फत चयन गरेको हो ।

सभामा संचालक समितको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७।७८को लेखापरीक्षण प्रतिवेदन सहितको लेखापरीक्षण गरिएको २०७८ साल आषाढ मसान्तसम्मको वासलात, नाफानोक्सानहिसाब र नगदप्रभाहविवरण तथा सोसँग सम्बन्धित अनुसूचीहरु पारित गरेको छ ।

कम्पनीको चुक्तापूँजी रु २ अर्ब ५० करोड पुर्याउन कम्पनीले भविष्यमा कुनै निर्जीवन बीमा कम्पनीसँग एक आपसमा गाभ्ने ÷गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी सम्पूर्ण अधिकार सञ्चालक समितिलाई दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL