Logo

मकर जितुमाया सुरी हाइड्रोपावरको आइपिओ आउँदैं, प्रभु क्यापिटल बिक्री प्रबन्धकमा नियुक्त

मकर जितुमाया सुरी हाइड्रोपावरको आइपिओ आउँदैं, प्रभु क्यापिटल बिक्री प्रबन्धकमा नियुक्त



काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले प्रभु क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडको प्रारम्भिक शेयर निष्काशन तथा बिक्रीका लागि दुई कम्पनीबीच सम्झौता भएको हो ।

laxmi

मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडका तर्फबाट कार्यकारी अध्यक्ष हिमाल गुरुङ्ग र प्रभु क्यापिटलका तर्फबाट प्रबन्ध निर्देशक  दिनेश थकालीले संयुक्त रुपमा हस्ताक्षर गरेका हुन् ।

कम्पनीले प्रारम्भिक शेयर निष्काशनका लागि कुल जारी पूँजी ७६,००,००० को ३० प्रतिशत अर्थात २२,८०,००० कित्ता प्रारम्भिक शेयर निष्काशन गर्ने भएको छ । यसमध्ये आयोजना प्रभावित स्थानीयका लागि ७,६०,००० कित्ता र सर्वसाधारणका लागि १५,२०,००,००० कित्ता शेयर निष्काशन गर्नेछ ।  

सो कम्पनीले निर्माण गरिरहेको आयोजनामा डोल्मा इम्प्याक्ट फण्डको समेत लगानी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL