Logo

भारतलाई एक हजार मेगावाट बिजुली निर्यात गर्ने : प्रधानमन्त्री ओली

भारतलाई एक हजार मेगावाट बिजुली निर्यात गर्ने : प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले भारतलाई एक हजार मेगावाट बिजुली निर्यात गर्ने जानकारी गराएका छन् ।

प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत भारतलाई बिजुली निर्यात गरेर नेपालले ८० अर्ब २७ करोड रुपैयाँ आम्दानी गर्ने जानकारी गराएका हुन् ।

हामी भारतलाई एक हजार मेगावाट बिजुली निर्यात गर्दैछौँ । यसबाट नेपालले ८० अर्ब २७ करोड रुपैयाँ आम्दानी गर्नेछ,” प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्