काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स र नेशनल पेमेन्ट स्वीच (एनपीएस)बीच समझौता भएको छ । कम्पनीको भुक्तानी सम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ हाउस (एनसीएचएल)को भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था गर्न एनपीएससँग सम्झौता भएको हो । सम्झौता पत्रमा नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेश मान…