Logo

नेपाल क्लियरिङ हाउसको संचालकमा अमित श्रेष्ठ नियुक्त, फाईनान्स क्षेत्रमा २१ बर्षको अनुभव

नेपाल क्लियरिङ हाउसको संचालकमा अमित श्रेष्ठ नियुक्त, फाईनान्स क्षेत्रमा २१ बर्षको अनुभव



काठमाडौं । नेपाल क्लियरिङ हाउसको संचालकमा अमित श्रेष्ठ नियुक्त भएका छन् । आईतबार बसेको कम्नपीको संचालक समितिको बैठकले फाइनान्स कम्पनीहरुका तर्फबाट आइसीएफसी लिमिटेडका डेपुटी प्रमुख कार्यकारी अधिकृत श्रेष्ठलाई संचालक पदमा नियुक्त गरेको हो ।

laxmi

यसअघि संचालक रहेका रिलायन्स फाइनान्सका समाज प्रकाश श्रेष्ठको प्रमुख कार्यकारी अधिकृतमा पद्दोनती भए पश्चात् नेपाल क्लियरिङ हाउसको उक्त संचालक पद रिक्त रहेको थियोर । नवनियुक्त संचालक अमित श्रेष्ठको वाणिज्य बैंक तथा फाइनान्स कम्पनीको क्षेत्रमा २१ वर्ष भन्दा बढिको अनुभव रहेको छ ।

नेपाल राष्ट्र बैंक र बैंक वित्तीय संस्थाहरु मार्फत प्रवद्र्धित यस कम्पनीको सञ्चालक समितिमा नेपाल राष्ट्र बैंकका तर्फबाट एक जना, वाणिज्य बैंक तर्फबाट तीन जना, विकास बैंक र फाइनान्स कम्पनीबाट एक–एक जना तथा स्वतन्त्र सञ्चालकबाट एक जना गरी जम्मा सात जनाको प्रतिनिधि रहने व्यवस्था रहेको छ । एनसीएचएलले राष्ट्रिय स्तरको भुक्तानी प्रणालीहरु स्थापना तथा सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL