Logo

नमस्ते पे को नयाँ सीईओमा प्रविणराज पोखरेल नियुक्त, सम्हाले कार्यभार

नमस्ते पे को नयाँ सीईओमा प्रविणराज पोखरेल नियुक्त, सम्हाले कार्यभार



काठमाडौं । नमस्ते पेको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा प्रवीणराज पोखरेल नियुक्त भएका छन् । शुक्रबार बसेको डिविटल पेमेन्ट्स कम्पनीको संचालक समितिले उनलाई नयाँ सीईओको रुपमा नियुक्त गरेको हो । उनले आजै आईतबारदेखि आफ्नो कार्यभार पनि सम्हालीसकेका छन् ।

laxmi

विस्तृत अनुसन्धान, कडा छनोट र भर्ती प्रक्रिया पछि, बोर्डले संगठनको नेतृत्व लिनको लागि उत्कृष्ट व्यक्ति भेटाएको नेपाल डिजिटल पेमेन्ट कम्पनीका पूर्व सीईओ कृष्णप्रसाद भण्डारीले बताए । यस्तै नवनियुक्त सीईओ पोखरेलले बैंक भएका र डिजिटल शिक्षा पाएका मानिसहरूलाई मात्र नभई बैंकविहीनहरूलाई पनि आधुनिक सेवाहरू उपलब्ध गराएर नगदरहित समाजको निर्माण गर्ने सेवामा रहेकाले व्यवसायिक कार्यसम्पादनमा सफलता प्रदान गर्न टोलीसँग काम गर्न आफु धेरै केन्द्रित हुने बताए ।

पोखरेलसँग बैंक वित्तीय संस्था, भुक्तानी प्रणाली र फिनटेक कम्पनीहरूमा २६ वर्ष काम गरेको अनुभव छ । यसअघि पोखरेलले एफ वान सफ्ट इन्टरनेशनल र एम नेपाल लिमिटेडको प्रमुख कार्यकारी अधिकृतको रूपमा काम गरिसकेका छन् । यस्तै उनिसँग ग्लोबल बैंक, नबिल बैंक, बैंक अफ काठमाडौँ र हिमालयन बैंकमा वरिष्ठ व्यवस्थापन र मध्य व्यवस्थापन पदहरूमा काम गरेकोसमेत अनुभव छ । उनले युकेएड कोषको परियोजनामा मोबाइल फाइनान्सियल सर्भिस र भुक्तानी प्रणाली सल्लाहकारका रूपमा काम पनि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL