Logo

ट्वीटरकाे नयाँ नियम : ब्लु टिक पाएका प्रयोगकर्ताले अब २ घण्टा लामो भिडियो अपलोड गर्न सक्ने

ट्वीटरकाे नयाँ नियम : ब्लु टिक पाएका प्रयोगकर्ताले अब २ घण्टा लामो भिडियो अपलोड गर्न सक्ने



काठमाडौं । ट्वीटरमा भेरिफाइड प्रयोगकर्ताले अब २ घण्टा लामो भिडियो अपलोड गर्न सक्ने भएका छन् । हालसम्म २ मिनेट २० सेकेन्ड लामो भिडियो मात्रै अपलोड गर्ने सुविधा दिएको माईक्रोब्लगिंग प्लेटफर्म ट्वीटरले अब मासिक रकम बुझाउने प्रयोगकर्ताका लागि भन्दै २ घण्टा लामो अर्थात ८ जिबीसम्मको भिडिओ अपलोड गर्ने सुविधा ल्याएको हो ।

laxmi

बिहीबार एक ट्वीट गर्दै ट्वीटरका सीईओ एलन मस्कले भेरिफाइड प्रयोगकर्ताले मात्रै लामो भिडियो अपलोड गर्न पाउने बताएका हुन् । यसअघि भेरिफाइड ट्वीटर प्रयोगकर्ता अर्थात मासिक ८ डलर तिर्ने प्रयोगकर्ताका लागि ट्वीटरले १० हजार शब्दसम्म लेख्न सकिने सुविधा ल्याईसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL