Logo

रियालिटी शो ‘दोहोरी आइडल’को अडिसन सुरु हुँदै, भोटिङ पार्टनरमा जाेडियाे इसेवा

रियालिटी शो ‘दोहोरी आइडल’को अडिसन सुरु हुँदै, भोटिङ पार्टनरमा जाेडियाे इसेवा



काठमाडौं । ‘दोहोरी आइडल’को भोटिङ पार्टनरमा इसेवा जोडिएको छ । लोक तथा दोहोरी गीत गायनमा रुचि राख्नेहरुलाई लक्षित गर्दै सुरु हुन लागेको रियालिटी शो अडिसन सुरु हुनलागेसँगै इसेवा उक्त शोको भोटिङ पार्टनरमा जोडिएको हो ।

laxmi

नेपालका प्रतिष्ठित ४२ कलाकारहरु बिच हुने प्रतिस्पर्धाको निर्णायकमा पूरुषोतम न्यौपाने, राजु परियार, घमेश दुलाल र रीता थापा रहनेछन् । नेपालमा पहिलोपटक लिग स्तरिय दोहोरी रियालिटी शो गर्न लागिएको कार्यक्रमको संयोजक अमृत खातीले जानकारी दिए ।

डिएआर मुभिजले गर्न लागेको रियालिटी शो ‘दोहोरी आइडल’ का विजेताले नगद १५ लाख र कार जित्नेछन् भने दोश्रो हुनेले नगद ७ लाख र तेस्रो हुनेले नगद ५ लाख प्राप्त गर्नेछन्। दोहोरी आइडलको छिट्टै नेपाल नेटवर्क टेलिभिजनमा प्रशारण हुने डीएआर मुभिजका निर्देशक श्याम धितालले जानकारी दिए । दोहोरी आइडललाई डिएआर मुभिजले अन्तररास्ट्रीय फर्म्याटमा पनि दर्ता गरि सकेको धितालले जनाए ।

प्रतिक्रिया दिनुहोस्
MBL