काठमाडौं । नेपालमा दुरसञ्चार सेवा दिइरहेका प्रमुख कम्पनीहरुका सेवाग्राहीले नचाहेको सेवा आफै नवीकरण हुने र पैसा काटिने गरेको भन्दै उजुरी गरेपछि नेपाल दूरसंचार प्राधिकरणले दुरसञ्चार सेवा प्रदायकलाई कारवाहीको चेतावनी दिएको छ । नियामक निकायको रुपमा रहेको प्राधिकरणले टेलिकम कम्पनीहरुले आफ्नो पहिलाको निर्देशन नमानेको भन्दै पुनः सचेत गराउँदै सूचना जारी नै गरेर कारवाहीको चेतावनी दिएको हो…