Logo

सुमार्गीको हेलो नेपालको लाइसेन्स खारेज, कति छ सरकारलाई तिर्नुपर्ने बक्यौता ?

सुमार्गीको हेलो नेपालको लाइसेन्स खारेज, कति छ सरकारलाई तिर्नुपर्ने बक्यौता ?



काठमाडौं । सरकारले नेपाल स्याटेलाइट टेलिकम प्रालि (हेलो नेपाल)को लाइसेन्स खारेज गरिदिएको छ । गत हप्ता बसेको मन्त्रिपरिषदको बैठकले लामो समयदेखि सरकारलाई तिर्नुपर्ने बक्यौता रकम तिर्न अटेर गरेको हेलो नेपालको अनुमतिपत्र खारेज गरेको हो ।

laxmi

उक्त कम्पनीमा खासगरी नेकपा माओवादीका अध्यक्ष प्रचण्ड निकट व्यवसायी अजेयराज सुमार्गी लगानी रहेको छ ।
व्यवसायी सुमार्गी प्रचण्ड निकट भएकाले पनि हेलो नेपालमा केहि योगदान प्रचण्डको रहने आँकलन गरिँदै आएको छ । तर, प्रचण्ड निकट व्यक्तिकै कम्पनी भएपनि सरकारले हेलो नेपालको लाइसेन्स खारेज गरिदिएको हो ।

हेलो नेपालले पछिल्लो ५ बर्षदेखि सरकारलाई तिर्नुपर्ने विभिन्न दस्तुवापतको रकम तिरिरहेको थिएन । प्राधिकरणका एक अधिकारीका अनुसार कम्पनीले सरकारलाई फ्रिक्वेन्सी दस्तुर, ग्रामिण विकास कोष, जरिवाना, अनुमतिपत्र नविकरणलगायत गरी ८० करोड बढी बुझाउन बाँकी छ ।

सोही अनुसार नेपाल दूरसंचार प्राधिकरणले २०७६ सालमा हेलो नेपालको लाइसेन्स खारेज गरिसकेको थियो । तर, मन्त्रिपरिषद बैठकले प्राधिकरणको निर्णय उल्ट्याउँदै हेलो नेपालसहित स्मार्ट टेलिकमलाई समेत ५ बर्षमा ५ किस्तामा रकम बुझाउन सहजीकरण गरिदिएको थियो । तर, कम्पनीले उक्त निर्णय पनि नमानेपछि प्राधिकरणले गत बर्ष असार १० गते दोस्रोपटक कम्पनीले लाइसेन्स खारेज गरेको थियो । तर, मन्त्रिपरिषदले हालसम्म कम्पनीको लाइसेन्स खारेज वा बचाउ केहि गरेको थिएन ।

गत हप्ता बसेको मन्त्रिपरिषदको बैठकले कम्पनीको लाइसेन्स खारेजै गर्ने निर्णय गरेको संचार तथा सूचना प्रविधि मन्त्रालयका एक अधिकारीले बिजखबरलाई बताए । उनका अनुसार मन्त्रिपरिषदको बैठकले उक्त निर्णय गरेपनि सम्बन्धित निकाएमा भने यसको आधिकारित पत्र पठाउन बाँकी नै छ ।

कम्पनीले २०६४ फागुनमा आधारभुत दूरसंचार सेवा उपलब्ध गराउने भन्दै अनुमति लिएको थियो । पहिलो चरणमा मध्यपश्चिम र सुदूरपश्चिममा सेवा प्रवाह गर्ने अनुमति पाएको कम्पनीले ती क्षेत्रमा केहि हदसम्म सेवा प्रवाह गरेको पनि थियो । तर, कारणबस कम्पनीको सेवा हाल शुन्य प्राय छ ।

प्रतिक्रिया दिनुहोस्
MBL