Logo

दुई खर्बभन्दा बढी रकममा सिंगटेलबाट भारती टेलिकमले ३.३३ प्रतिशत सेयर किन्दै, ९० दिनमा सम्झौता सम्पन्न हुने

दुई खर्बभन्दा बढी रकममा सिंगटेलबाट भारती टेलिकमले ३.३३ प्रतिशत सेयर किन्दै, ९० दिनमा सम्झौता सम्पन्न हुने



काठमाडौं । भारती एयरटेल प्रवर्तक भारती टेलिकमले सिंगटेलबाट कम्पनीको ३.३३ प्रतिशत सेयर २.२ बिलियन सिंगापुर डलर वा लगभग २ खर्ब ५ अर्ब नेपाली करोड रुपैयाँमा खरिद गर्ने भएको छ ।

laxmi

टेलिकम अपरेटरले बिहीबार ९० दिनमा सम्झौता सम्पन्न हुने बताएको छ । भारती टेलिकम (बिटिएल) भारती समूहका अध्यक्ष सुनील भारती मित्तल र सिंगटेलको परिवारको स्वामित्वमा छ।

भारती एयरटेलले स्टक एक्सचेन्जलाई पठाएको पत्रमा “सिंगटेल र यसका सम्बद्ध कम्पनीहरूले लगभग २.२५ अर्ब सिङ्गापुर डलरको कुल रकममा बिटिएललाई लगभग ३.३३ प्रतिशत शेयर हस्तान्तरण गर्न सम्झौता गरेका छन्,’ भन्ने उल्लेख गरेको छ ।

एयरटेलमा सिंगटेल र भारतीको प्रत्यक्ष सेयर क्रमशः १० प्रतिशत र ६ प्रतिशत हुनेछ । कम्पनीले भारती र सिंगटेलले एयरटेलमा आफ्नो हिस्सेदारी बराबरी गर्ने दिशामा काम गर्न सहमत भएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL