Logo

नेपाल टेलिकमको भारत कल गर्न प्याकेज सार्वजनिक, २५९ रुपैयाँमा एक हप्ता कुरा गर्न मिल्ने

नेपाल टेलिकमको भारत कल गर्न प्याकेज सार्वजनिक, २५९ रुपैयाँमा एक हप्ता कुरा गर्न मिल्ने



काठमाडौं । नेपाल टेलिकमले ग्राहकहरुको सहजताका लागि भारतमा कल गर्न इन्डिया भ्वाइस प्याक उपलब्ध गराएको छ । कम्पनीले भदौ १ गते देखि लागु हुनेगरी उक्त प्याकेज उपलब्ध गराएको हो । प्याकेज अन्तर्गत उपलब्ध दैनिक, साप्ताहिक र मासिकमध्ये आफूलाई उपयुक्त अफर छनोट गरी सदुपयोग गर्न सकिनेछ ।

laxmi

इन्डिया भ्वाइस प्याक – डेली अफर अन्तर्गत २४ घण्टा (एक दिन) मा १७ मिनेट कुराकानी गर्न सकिने प्याक जम्मा ५९ रुपैयाँमा उपलब्ध छ । त्यसैगरी विक्ली अफर अन्तर्गत ७ (एक हप्ता) दिनसम्म ७५ मिनेट र मन्थ्ली अफर अन्तर्गत ३० दिन (एक महिना) सम्म २ सय २१ मिनेट कुराकानी गर्न सकिने प्याकहरु क्रमश २ सय ५९ र ७ सय ५९ रुपैयाँमा उपलब्ध छन् ।

एक्सेस कोडहरु ००, १४२४, १४२५ वा १४४५ प्रयोग गरी भारतमा उपलब्ध कुनै पनि मोबाइल तथा टेलिफोन नम्बरमा कल गर्न सकिन्छ । यो प्याकेज गरिद गर्नका लागि आफ्नो मोबाइलबाट *1415# डायल गरी ठ नम्बर छनौट पश्चात् खरिद प्रक्रिया अघि बढाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL