Logo

हुम्लामा दुई जहाज ठोकिए, मानवीय क्षती हुन पाएन

बिजखबर संवाददाता ९ फागुन,काठमाडौं । हुम्लाको सिमीकोट विमानस्थलमा तारा एयर र सीता एयरको जहाज एक आपसमा ठोकिएको छ । ताराको जहाज विमानस्थलको धावनमार्गमा उडान भर्ने क्रममा रोकिइरहेको सीता एयरको जहाजलाई ठक्कर दिएको हो । दुर्घटनामा मानवीय क्षती भने भएको छैन । दुर्घटनापछी दुबै एयरलाइन्सका इन्जिनियर काठमाडौंबाट हुम्लातर्फ लागेका छन् ।