Logo

उद्योगमन्त्री भन्दछन्, उद्योगको विकासमा नीति नियमले अवरोध गर्यो, रेमिट्यान्स केन्द्रित कार्यक्रम आवश्यक

उद्योगमन्त्री भन्दछन्, उद्योगको विकासमा नीति नियमले अवरोध गर्यो, रेमिट्यान्स केन्द्रित कार्यक्रम आवश्यक


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

८ फागुन, काठमाडौं । उद्योगमन्त्री महेश बस्नेतले मन्त्री बस्नेतले औद्योगिक चेतनाको कमी तथा अद्योगमैत्री नीतिको अभावका कारण उद्योग क्षेत्रले तिब्र गति लिन नसकेको बताएका छन् । शुक्रबार उद्योगमन्त्रालयको आगामी आर्थिक बर्षको बजेट तथा कार्यक्रम सम्बन्धी अन्तरक्रिया कार्यक्रममा कार्यपत्र प्रस्तुत गदैँ उनले सो कुरा बताएका हुन् । साथै, उद्योगको प्रकृतिका आधारमा अद्योगहरुबीचको औद्योगिक लिङ्कका लागि औद्योगिक सर्किट निमार्णको आवश्यकता रहेको समेत उनको भनाइ थियो ।

उद्योग मन्त्रालयलाई रेस्पोन्सिप अनलाइन सेवाका साथै अटोमेशन तथा डिजिटलाइजेशन प्रणालीमा जोड्न लागिएको समेत मन्त्री वस्नेतले जानकारी दिए । ‘हाल उद्योग विभागमा यस्तो प्रणाली शुरुवात भैसकेको छ,’ उनले भने, ‘मन्त्रालयका तल्लो तहका निकायमा समेत नयाँ प्रविधियुक्त प्रणाली लागु गर्न थालिएको छ ।’

मन्त्री बस्नेतले रेमिट्यान्स केन्द्रित उत्पादमूखी कार्यक्रम सञ्चालनको आवश्यकता रहेको बताए । राष्ट्रिय बजेटमा उद्योग क्षेत्रलाई विशेष स्थान नदिदाँसम्म मुलुकले फराकिलो अर्थिक सम्बृद्धि हासिल गर्न नसक्ने समेत उनको दावी थियो ।

औधोगिकरणका माध्यमबाट आर्थिक विकास, उद्यमशिलता र रोजगार निर्माणका लागि अघि बढाउनु पर्ने बताए । साथै, सो कार्यका लागि व्यवसाय मैत्री प्रष्ट नीति, चुस्त, सहज र पारदर्शी प्रशासनिक सेवा, लगानी मैत्री बातावरणको निर्माण, अन्तर्मन्त्रालय समन्वय युनिट बैदेशिक लगानी मुखी बिशेष कार्यक्रम उर्जा, पूर्वाधार, सेवा सहुलियत लगायतका विषय आवश्य रहेको जानकारी दिए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL