Logo

व्यवसायी हिक्मत मालीको निधन, आजै दाहसंस्कार गरिने

व्यवसायी हिक्मत मालीको निधन, आजै दाहसंस्कार गरिने


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

८ फागुन, काठमाडौं । व्यवसायी हिक्मत मालीको शुक्रबार विहान निधन भएको छ । क्यानसर रोगबाट पीडित मालीको ६२ वर्षको उमेरमा निधन भएको हो । शुक्रबार मालीको ओम अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

मालीको ढाडमा देखिएको क्यान्सर पछिल्लो समय फोक्सोमा पुगेको थियो । उनी मधुमेहबाट पनि पीडित थिए । स्वर्गीय मालीको शुक्रबार नै अन्तिम दाहसंस्कार गरिने भएको छ ।

स्वर्गीय मालीका श्रीमती, ३ छोरा र १ छोरी छन् ।

उनी झण्डै २ दशकभन्दा बढी चेम्बर आन्दोलनमा सक्रिय भएका थिए । माली नेपाल अटोमोवाइल्स डिलर्स एसोसिएसन र नेपाल पेट्रोलियम डिलर्स एसोसिएसनका पूर्वअध्यक्ष हुन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL