Logo

एलसेलले ल्यायो एकको दुई योजना,एक डेटाप्याक खरिदमा अर्को डेटा निःशुल्क

एलसेलले ल्यायो एकको दुई योजना,एक डेटाप्याक खरिदमा अर्को डेटा निःशुल्क


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

६ फागुन,काठमाडौं । मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले आफ्नो दैनिक डेटा प्याकमा नयाँ अफर ल्याएको छ । जसअन्तर्गत ऐनसेलका कुनै पनि भल्युमको दैनिक डेटाप्याक खरिदमा सोहि भल्युम बराबरको थप डेटा निःशुल्क प्राप्त गर्नेछन् ।

‘एकको दुई अफर’ नामक यो योजना बिहीवारदेखि लागु गरिने कम्पनीले जानकारी दिएको छ । यो सेवा एनसेलका सम्पूर्ण प्रिपेड तथा पोष्टपेड सिममा लागु हुने बताइएको छ ।

एस्ट्रिक्स १७१२३ ह्याश डायल गरी अफरमा सहनै सहभागी हुन सकिने कम्पनीले जानकारी दिएको छ ।

दैनिक रुपमा डेटा प्याक लिई ईन्टरनेट प्रयोग गर्न रुचाउने ग्राहकका लागि एनसेलले कर वाहेक रु ६ मा ३ एमबि., रु ९ मा ६ एमबि., रु १२ मा ९ एमबि तथा रु २० मा २० एमबिको दैनिक प्याक उपलब्ध गराउँदै आएको छ ।

यस्तोमा यो नयाँ योजनाले ग्राहकलाई सोही मूल्यमा दोब्बर डेटा प्राप्त गरि ईन्टरनेटको थप मज्जा लिन संभव बनाएको छ ।आफ्ना गाहकल।ई सुलभ दरमा उत्कृष्ट डेटाको अनुभव गराउने प्रतिबद्धता अनुरुप यो योजना ल्याएको एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले बताए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL