Logo

एनसेलले घटायो तीन मुलुकको कल शुल्क, प्रतिमिनेट ३ रुपैयाँ ९९ पैसामात्र

एनसेलले घटायो तीन मुलुकको कल शुल्क, प्रतिमिनेट ३ रुपैयाँ ९९ पैसामात्र


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

५ फागुन,काठमाडौं । मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले चीन, हङकङ र दक्षिण कोरियाको लागि कल शुल्क घटाएको छ । बुधवारदेखि लागु हुने सो नयाँ शुल्क अन्तर्गत ऐनसेलका सम्पूर्ण प्रीपेड तथा पोष्टपेड ग्राहकले अब चीन, हङकङ र दक्षिण कोरियामा कर बाहेक रु ३.९९ प्रतिमिनेटमा कुरा गर्न सक्नेछन् ।

हालसम्म यी देशमा कल गर्दा करबाहेक रु ६ प्रति मिनेट लाग्ने गथ्र्यो ।

चीन, हङकङ र दक्षिण कोरिया व्यवसाय, अध्ययन तथा वैदेशिक रोजगारीका लागि लोकप्रिय गन्तव्य रहँदै आएका छन् । यस्तोमा नयाँ कल शुल्कले एनसेलका ग्राहकलाई चीन, हङकङ र दक्षिण कोरियामा रहेका आफन्तसँग अझै सहज तथा सुलभ रुपमा कल गर्न सकिने एनसेलका कर्पोरट संवाद विज्ञ मिलन शर्माले बताए ।

एनसेलले आफ्ना ग्राहकलाई सुलभ सञ्चार सेवा प्रदान गर्ने लक्ष्य अनुरुप अन्तराष्ट्रिय कल महसुल घटाउँदै आएको छ । गत असारमा एनसेलले  यूरोपीयन युनियनमा आबद्ध २८ मुलुकका लागि कल शुल्क घटाएको थियो भने केहीमहिना अघि अस्टे«लिया र न्युजिल्यान्डको कल शुल्क पनि घटाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL