काठमाडौं । जस्मिन पेन्ट्सको ब्राण्ड एम्बेस्डरमा ‘मह जोडी’ लाई नियुक्त गरिएको छ । मनकामना ग्रूप अन्तरगतको जस्मिन पेन्ट्सले आज एक कार्यक्रमबीच मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यलाई ब्राण्ड एम्बेस्डरमा नियुक्त गरेको हो । आगामी दिनमा मह जोडीले ‘नेपाली मनको नेपाली रङ’ भन्ने मुल नारा सहित जस्मिन पेन्ट्सको प्रवद्र्धन गर्ने छन् । मह जोडीलाई ब्राण्ड एम्बेस्डरमा नियुक्त…