काठमाडौं । नेपाल प्रहरीले कामदार भिषामा अमेरिका पठाउने भन्दै विभिन्न व्यक्तिसँग ७४ लाख ९ हजार ५ सय रुपैयाँ ठगी गर्ने तीन व्यक्तिलाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जको टोलीले ‘वर्किङ भिषा’मा अमेरिका पठाइदिन्छु भनी विभिन्न व्यक्तिसँग ठगी गर्ने कपिलवस्तुका २४ वर्षीय विकास भनेर चिनिने विनोद भुसाल, कास्कीका ३१ वर्षीय पुकार गुरुङ…