Logo

मलेसियाको रोजगारी नखुल्दै सुरु भयो ठगीधन्दा : कामदारसँग साढे २ लाखमाथि उठाइँदै, फस्टाउँदै हुण्डी

मलेसियाको रोजगारी नखुल्दै सुरु भयो ठगीधन्दा : कामदारसँग साढे २ लाखमाथि उठाइँदै, फस्टाउँदै हुण्डी



काठमाडौं । ‘फ्रि भिसा फ्रि टिकट’का कारण लामो समयदेखि बन्द भएको मलेसियाको रोजगारी खुल्ने सम्भावना बढेसँगै ठगी सुरु हुन थालेको छ । मलेसियाले यहीं फेब्रुुअरी १४ बाट नेपालीका लागि मलेसियाको रोजगारी खुलाउने निर्णय गरेसँगै नेपाली म्यानपावर व्यवसायीले ठगी धन्दा सुरु गरेका हुन् ।

laxmi

समाचार स्रोतका अनुसार फ्रि भिसा फ्रि टिकट रहेको मलेसियाको रोजगारीका लागि म्यानपावर कम्पनीले प्रति कामदार लागत साढे २ लाख रुपैयाँभन्दा बढी राख्दै अग्रिम रुपमा पैसा उठायन थालेका छन् । मलेसियामा डिमाण्ड खरिदका लागि अग्रिम पैसा बुझाउनुपर्ने भन्दै म्यानपावर व्यवसायीले एजेन्टमार्फत रोजगारीमा जान चाहने कामदारसँग पासपोर्ट र अग्रिम पैसा उठाउन थालेको सम्बद्ध म्यावपार कम्पनीहरु नै बताउँछन् । ‘अहिले मलेसियाको रोजगारीमा कामदार पठाउने म्यानपार कम्पनीहरुले डिमाण्ड नआउँदै आफुखुशी डिमाण्ड बनाएर पासपोर्ट संकलन गर्न थालेका छन्,’ उक्त समाचार स्रोतले भन्यो, ‘अहिले एउटै म्यानपावर कम्पनीले मलेसिया खुल्ने आफुले पठाउनका डिमाण्ड खरिद गरेर चेम्बर गरिसकेको भन्दै १ हजारभन्दा बढी पासपोर्ट संकलन गरिसकेका छन् ।’

नेपालहरुको रोजगारीका लागि प्रमुख गन्तन्व्य मुलुकमा म्यानपावर व्यवसायीसमेत रहेका तत्कालीन श्रम राज्य मन्त्री टेकबहादुर गुरुङले व्यक्तिगत स्वार्थ पूर्तिका लागि गन्तव्य मुलुकसँग कुनै सहकार्यनै नगरी फ्रि भिसा फ्रि टिकटको व्यवस्था लागू गरेका थिए । उनले तत्कालीन समयमा भिसा प्रोसेसिङ र स्वाथ्य परिक्षणमा सिण्डिकेट लागू गर्न खोज्दा म्यानपावर व्यवसायीको विरोधका बाबजुद उक्त कार्य सफल नभएपछि त्यसको प्रतिशोधमा फ्रि भिसा फ्रि टिकटको व्यवस्था लागू गरिदिएका थिए ।

त्यसपछि अन्यौलका बाबजुद चलिरहेको मलेसियाको रोजगारी श्रममन्त्रीमा गोकर्ण विष्ट नियुक्त भएसँगै व्यवस्थित गर्ने नाममा रोकिदिए । नेपाल सरकारले एकतर्फी रुपमा फ्रि भिसा तथा फ्रि टिकट लागू गर्दै किचलो गरेपछि मलेसिया सरकारले पनि नेपाली कामदार लैजान बन्द गरेको थियो । नेपाली म्यानपावर व्यवसायीले आफैले टिकट खर्च तथा नेपालमा लाग्ने खर्च व्यहोर्नुका साथै मलेसियाका अघिकांश मागपत्र सम्बन्धित कम्पनी तथा एजेन्टमार्फत खरिद गरेर ल्याउने गरेकोमा नेपाल सरकारले सम्बन्धित कम्पनीले भिसा टिकट र अन्य खर्चसमेत व्यहोर्नुपर्ने व्यवस्था गरेपछि रोकिएको थियो ।

कानूनी व्यवस्थाअनुरुप अहिले पनि म्यानपावर व्यवसायीले नेपाली कामदारलाई अधिकतम १० हजार रुपैयाँ लागतमा पठाउनुपर्छ । कानूनी रुपमा अधिकतम लागत १० हजार भएपनि गैरकानूनी रुपमा नेपालका म्यानपावर व्यवसायीले एउटै कामदारसँग साढे २ लाख रुपैयाँभन्दा बढी असुली गर्न थालेको समाचार स्रोतले जानकारी दिएको छ ।

मलेसियाको रोजगारी खुलेसँगै हुण्डी मालाउँदै

पछिल्लो समय मलेसियाको रोजगारी खुल्ने हल्ला चलेसँगै हुण्डी कारोबारसमेत मौलाउन थालेको छ । मलेसियाबाट मागपत्र ल्याउन अग्रिम रुपमा प्रतिकामदार १ लाख देखि २ लाख रुपैयाँसम्म बुझाउनु पर्ने र त्यसरी डिमाण्ड खरिद गर्न बैंकिङ प्रणालीमार्फत पैसा पठाउन नमिल्ने भएकाले हुण्डीमार्फत पैसा पैठाईरहेका सम्बद्ध म्यानपावर कम्पनीहरुकै भनाई छ ।

यसअघि पनि नेपाली व्यवसायीले ठूलो रकम खर्च गरेर मलेसियाबाट डिमाण्ड खरिद गरेर ल्याउने गरेका थिए । तत्कालीन समयमा नेपालका लागि पाइने सेक्युरिटी गार्डका लागि प्रति भिसा ४ हजार ५ सय मलेसियन रिङगिटसम्म खर्च गरेर भिसा खरिद गर्दै आएका थिए । अहिले पनि नेपाल सरकारले फ्रि भिसा फ्रि टिकट भने पनि नेपाली व्यवसायीले हुण्डीमार्फत ठूलो रकम पठाएर मलेसियाका रोजगारदाता तथा एजेन्टमार्फत डिमाण्ड खरिद गर्न थालेका हुन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले भाषण र सामाजिक संजालमार्फत वैदेशिक रोजगारीमा देखिएका बेथिति हटाउने बताएपनि अहिले उनकै पहलमा मलेसियाको रोजगारीमा सिण्डिकेट लागू गर्न लागेको भन्दै म्यानपावर व्यवसायीहरुले विरोधसमेत जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL