Logo

आयल निगमको कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान, यस्ता छन् मापदण्ड

आयल निगमको कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान, यस्ता छन् मापदण्ड



काठमाडौं । नेपाल आयल निगमको कार्यकार निर्देशक पदका लागि दरखास्त आह्वान गरिएको छ । आईतबार कार्यकारी निर्देशक छनोट तथा सिफारिस समितिले सूचना जारी गर्दै इच्छुक व्यक्तिलाई २१ दिनभित्र दरखास्त दिन आह्वान गरेको हो।

laxmi

२०७५ सालमा नेपाल आयल निगमको कार्यकारी निर्देशक नियुक्त भएका सुरेन्द्र पौडेल ३ वर्षे सेवा अवधि पूरा गरी बाहिरिएपछि हाल यो पद रिक्त छ । पहिलो पटक खुला प्रतिस्पर्धाबाट निगमको कार्यकारी निर्देशक बनेका पौडेल पुस २२ गते निगमबाट बिदा भएका थिए ।

निगमको कार्यकारी निर्देशक हुनका लागि निगमको कार्यप्रकृतिसँग सम्बन्धित विषय वा प्रशासन, व्यवस्थापन, अर्थशास्त्र, इन्जिनियरिङ वा कानुन विषयमा कम्तिमा स्नातकोत्तर तह उत्तीर्ण गरेको र व्यवस्थापकीय जिम्मेवारीको पदमा कम्तिमा पाँच वर्षको अनुभव भएको हुनुपर्ने योग्यता तोकिएको छ ।

उम्मेदवारले शैक्षिक योग्यता, अनुभव, नेपाली नागरिकताको प्रतिलिपी, बायोडाटा, पासपोर्ट साइजको दुईप्रति फोटो र पाँच हजार शब्दमा नबढ्ने गरी लेखिएको व्यवसायिक कार्ययोजना पेश गर्नुपर्ने छ । दरखास्त दस्तुर ५ हजार रुपैयाँ तोकिएको छ ।

आयल निगमको कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान, यस्ता छन् मापदण्ड

प्रतिक्रिया दिनुहोस्
MBL