Logo

कामदार विदेशिने क्रम बढेपनि रेमिटान्स आप्रवाहमा आएन सुधार, ६ महिनामा २७ अर्बले घट्यो

कामदार विदेशिने क्रम बढेपनि रेमिटान्स आप्रवाहमा आएन सुधार, ६ महिनामा २७ अर्बले घट्यो



काठमाडौं । चालू आर्थिक वर्षको पहिलो ६ महिनामा नेपाल भित्रने रेमिटान्समा साढे ५ प्रतिशतले गिरावट आएको छ । पछिल्लो समय नेपालबाट कादमार रोजगारीका लागि जाने क्रम बढेपनि देशमा भित्र्ने रेमिटान्स आप्रबाहमा भने सुधार नआएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

laxmi

समीक्षा अवधिमा विप्रेषण आप्रवाह कमी आई ४ खर्ब ६८ अर्ब ४५ करोड रुपैयाँ मात्र भित्रिएको छ । तर अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ११.१ प्रतिशतले बढ्दै ४ खर्ब ९५ अर्ब रुपैयाँ भित्रिएको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भई १ लाख ६७ हजार ५१३ पुगेको छ

। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ८९.० प्रतिशतले घटेको थियो । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा २९८.१ प्रतिशतले वृद्धि भई १ लाख ३० हजार २१२ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७५.५ प्रतिशतले घटेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL