Logo

मूल्यवृद्धिको क्रम निरन्तर : चैत महिनामा ७.२८ प्रतिशतले बढ्यो महँगी, हिमाली क्षेत्रमा सबैभन्दा बढी

काठमाडौं । नेपालमा केही समयता जारी मूल्यवृद्धिको क्रम निरन्तर रहेको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति(आर्थिक वर्ष २०७८-७९ को नौ महिनाको तथ्याङ्कमा आधारित) मा २०७८ चैत महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.२८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ३.१० प्रतिशत रहेको थियो ।…