Logo

अर्थमन्त्री पुनद्वारा पदबहाली, अर्थतन्त्रका समस्या समाधानमा लागिपर्ने प्रतिबद्धता

अर्थमन्त्री पुनद्वारा पदबहाली, अर्थतन्त्रका समस्या समाधानमा लागिपर्ने प्रतिबद्धता



काठमाडौं । नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले पदबहाली गरेका छन् । अर्थ मन्त्रालयको कार्यभार सम्हाल्दै अर्थमन्त्री पुनले अर्थतन्त्रका समस्या बारे आफू जानकार रहेको र त्यसको समाधानका लागि आफू लागिपर्ने बताए

laxmi

“अर्थतन्त्रमा शिथिल छ, अब आर्थिक समृद्धि, सुशासन र सामाजिक न्यायलाई केन्द्रमा राखेर काम गर्नेछु । नयाँ गठबन्धनले पनि त्यसैलाई आत्मसात् गरेको छ । नयाँ आशा जगाउनका लागि पहल गर्नेछु । तर त्यो त्यति सहज छैन । विगतका आफ्ना अनुभव र शिक्षाका साथ काम गर्न सकिन्छ । नयाँ आशा जगाउन सक्छौँ,” मन्त्री पुनले भने ।

आफूभन्दा अगाडिको नेतृत्वलाई आलोचना गर्न लाग्नेभन्दा पनि आफूले राम्रो गर्न प्रयत्न गर्ने उनले बताए । अन्तरमन्त्रालय समन्वयलाई प्राथमिकतामा राख्ने उनले बताए ।

उनलाई मन्त्रालयमा सचिव कृष्णहरी पुष्करसहित कर्मचारीहरुले स्वागत गरेका छन् । उनले प्रधानमन्त्रीको निमन्त्रणामा संयुक्त राष्ट्रसंघका महासचिवको नेपाल भ्रमण र नेपालमा जलवायु परिवर्तनको असर सम्बन्धी विषयमा विश्वव्यापी ध्यानकर्षण गराउने, कोप २८ मा प्रधानमन्त्रीको नेतृत्वमा नेपालमा जलवायुको परिवर्तनको असर र माउण्टेन एजेन्डा सम्बन्धी विषयमा कोपमा छलफल तथा पहिलोपटक माउण्टेन एजेन्डाको कोप २८ को सम्मेलनमा सम्बोधन गर्ने निर्णय गरेका छन् ।

कोप सम्मेलनमा सम्माननीय प्रधानमन्त्रीबाट जलवायु वित्तमा अधिकारमुखि अवधारणा सहित पहुँच स्थापित गर्ने र जलवायु न्याय सम्बन्धी विषयको उठाने , नेपालमा जलवायु परिवर्तनले गरेको असरको सम्वोधन गर्ने आयोजना र कृयाकलापमा आवश्यक पर्ने स्रोत र हाल नेपालले प्राप्त गरेको जलवायु वित्त विच ठुलो खाडल रहेको, नेपालले हालसम्म न्यूनमात्र जलवायु वित्त प्राप्त गर्न सकेको, जलवायु वित्त सम्बन्धी अन्तर्राष्ट्रिय कोष तथा सुविधामा पहुच स्थापित गर्न सम्बन्धित कोषहरुमा पहुच, छलफल तथा वार्ता, राष्ट्रियस्तरमा तयारी, क्षमता विकास, आवश्यक पहलकदमी र गुणस्तरीय आयोजना तयारीमा जोड दिने लगायत निर्णय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL