काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति क्षेत्रमा कोरोना भाइरस (कोभिड(१९) बाट परेको प्रभाव न्यूनीकरणका लागि नेपाल चेम्बर अफ कमर्सले सरकारलाई २९ बुँदे सुझाव प्रस्तुत गरेको छ। चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टसमक्ष मंगलबार उक्त सुझाव प्रस्तुत गरेका हुन् । चेम्बरको सुझाव लिँदै मन्त्री भट्टले अहिलेको विषम परिस्थितिमा निजी क्षेत्रले आपूर्तिलाई सहज…