Logo

रोक लगाईएको आक्वा ९९ ब्राण्डको पानी पुनः विक्रीवितरण गरेको भेटियो, महानगरले लगायो रोक

रोक लगाईएको आक्वा ९९ ब्राण्डको पानी पुनः विक्रीवितरण गरेको भेटियो, महानगरले लगायो रोक



काठमाडौं । रोक लगाइएको आक्वा ९९ ब्राण्डको पानी उत्पादन तथा बिक्री वितरण नियमित भएको भेटिएको छ । काठमाडौंको बालाजु औद्योगिक क्षेत्रभित्र त्रिकोण वेभरेजले उत्पादन गरेको आक्वा ९९ व्राण्डको पानी प्रशोधन र जारको गुणस्तरमा त्रुटी देखिएपछि गएको बर्ष फागुन महिनामा खाद्य तथा गुण नियन्त्रण कार्यालयसहितको अनुगमनका क्रममा उत्पादन बन्द गर्न निर्देशन दिइएको थियो ।

आज महानगरको उपभोक्ता हित संरक्षण समितिले औद्योगिक क्षेत्रमा उत्पादन हुने खाद्य, पानी र दूग्ध पदार्थको अनुमगन गर्दा उक्त पानीको उत्पादन भएको देखिएको हो । यो देखेर अनुगमनमा रहेका खाद्य प्रबिधि तथा गुण नियन्त्रण बिभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत ईश्वर सुवेदीले भने — बेभरेजले उत्पादन गर्ने पानीको गुणस्तरको बिषय निर्णय पुगेको छैन । गुणस्तर नपुगुगेकोले हामीले गएको फागुन महिनामा भएको अनुगमनकै क्रममा उत्पादन रोक्न भनेका थियौं ।

बेभरेजका सञ्चालक सुरेन्द्र श्रेष्ठले पछि अनुमति लिएरै चलाएको बताएका छौं । ति भनिरहँदा उनले कसको अनुमतिमा पुनः सञ्चालन भयो भन्ने कुराको भने स्पष्ट गरेका छैनन । उनले कागज देखाउँछु भनेपनि कागज भेट्टाउन सकेनन ।

कम्पनीले जमिनमुनिको पानी प्रशोधन गरेर बिक्री गर्ने गरेको छ । श्रेष्ठका अनुसार सामान्य अवस्थामा दैनिक २५ हजार लिटर पानी बाहिर पठाउने गरिएको छ । उनका अनुसार पनि यसरी उत्पादन हुने पानीको धेरै भाग जमिनमुनिबाटै निकाल्ने गरिन्छ । अनुगमनका क्रममा बेभरेजलाई पुनः सञ्चालन गर्न लिएको अनुमतिसहित अन्य आवश्यक कागज बोकेर महानगरको कृषि बिभागमा आउन निर्देशन दिइएको छ ।

बेभरेजले उत्पादन गरेको २० लिटर जारको थोक मुल्य १५ रुपैयाँ र खुद्रा मुल्य २५ रुपैयाँ तोकिएको छ । यसरी बिक्री गरिने पानी बजारमा ५० रुपैयाँसम्ममा बिक्री हुन्छ । अनगुमन टोलीले परीक्षणका लागि कम्पनीबाट पानीको नमूना संकलन गरेको छ । यसै गरी जय हनुमान फुड प्रालिबाट उत्पादन हुने ६६६ व्राण्डको आँटा र मैदाको नमूना पनि लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL