काठमाडौं । बैंकिङ कसुरमा दोषी ठहर भएका तत्कालिन किष्ट बैंकका प्रबन्ध संचालक कमल ज्ञवाली पक्राउ परेका छन । अदालतबाट बैंकिङ कसुरमा दोषी ठहर भई फरार रहेका ज्ञवालीलाई महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले उनलाई भारतबाट पक्राउ गरेको हो । ६ करोड सम्पत्ति धितो राखेर ३ गुणा बढी कर्जा प्रवाह गरेको अभियोगमा प्रहरीले अनुसन्धान थालेलगत्तै ज्ञवाली फरार…