Logo

महालक्ष्मी विकास बैंकको दुई शाखा विस्तार, शाखा संख्या १०२ पुग्यो

काठमाडौं । महालक्ष्मी विकास बैंकले दुई शाखा विस्तार गरेको छ । बैंकले कास्कीको पोखरा महानगरपालिका ६ लेकसाईड र वडा नं. २६ बिजयपुरमा शाखा विस्तार गरेको हो । उक्त शाखा विस्तारसँगै बैंकको शाखा संख्या १०२ पुगेको छ । बैंकले १ सय २ शाखामार्फत ५ लाख ग्राहकलाई सेवा पुर्याउँदै आईरहेको छ ।