Logo

साधना लघुवित्तको वार्षिक साधरणसभा सम्पन्न, २५ प्रतिशत बोनस पारित

साधना लघुवित्तको वार्षिक साधरणसभा सम्पन्न, २५ प्रतिशत बोनस पारित



काठमाडौं । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको पाँचौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त साधारण सभाले गत आर्थिक वर्ष २०७७/०७८ को नाफाबाट २५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गरेको छ ।

laxmi

यस्तै, कर प्रयोजनका लागी १.३२ प्रतिशत नगद लाभांश गरी कुल २६.३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मतले पारित गरेको छ ।

वित्तीय संस्थाको सञ्चालक समितिका अध्यक्ष कृष्णबहादुर थापाको अध्यक्षतामा सम्पन्न साधारण सभाले संस्थापक समूहबाट आगामी चार वर्षे कार्यकालका लागी कृष्ण बहादुर थापा, डा. नरहरी ढकाल, रमेश सापकोटा र अर्जुन कुमार सिलाई सञ्चालकको रुपमा निर्विरोध निर्वाचित गरेको छ ।

साधारण सभापछि बसेको सञ्चालक समितीको बैठकले कृष्णबहादुर थापाको अध्यक्षतामा सञ्चालक समिती पुर्नगठन गरिएको छ । साथै, आर्थिक वर्ष २०७८/०७९ को बाह्य लेखा परिक्षण कार्यका लागी लेखापरीक्षक एस.डि एण्ड एसोसिएट, चार्टड एकाउन्टेन्टलाई नियुक्त गर्ने निर्णय समेत भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL