Logo

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको २५ औं बार्षिक साधारण सभाबाट लाभांश वितरण प्रस्ताव पारित

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको २५ औं बार्षिक साधारण सभाबाट लाभांश वितरण प्रस्ताव पारित



काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडको पच्चिसौं बार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ ।

laxmi

सभामा आर्थिक बर्ष २०७५÷७६ को बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै कम्पनीका अध्यक्ष शशिराज पाण्डेले यस आर्थिक बर्षको अन्त्यमा कम्पनीले संकलन गरेको निक्षेप रु. ४ अर्ब ६३ करोड र कर्जा सापट रु. ४ अर्ब २८ करोड पुगेको तथा यस बर्षको सम्पूर्ण कारोबार पछिको कम्पनीको खुद मुनाफा (बोनस तथा कर व्यवस्था पछि) रु. १२ करोड ९९ लाख भएको जानकारी साधारणसभालाई गराए

कम्पनीको चुक्ता पूँजी रु.८१ करोड पुगेको तथा साधारणसभामा अनुमोदनको लागि पेश गरिएको उक्त चुक्ता पूजिँका १३ प्रतिशतको लाभाँश बितरण (बोनश शेयर २.३५५ तथा नगद लाभाँश १०.६५५) सम्बन्धी प्रस्तालाई २५ औं साधारणसभाबाट अनुमोदन गरियो ।

प्रतिवेदन प्रस्तुत गर्ने क्रममा अध्यक्ष पाण्डेले बिषम परिस्थितीको बावजुद पनि कम्पनीको व्यवसायीक कारोवार बृद्धि हुनुमा आफ्ना ग्रहकहरुसंगको निरन्तर सम्पर्क लगायत कर्जाको किस्ता तथा व्याज असुलितर्फ प्रभावकारी अनुगमन मुख्य रहेको कुरा बताए ।

कम्पनीले २०७६ आषाढ मसान्तसम्म आफ्ना १३ वटा कार्यालयबाट नेपाल राष्ट्र बैंकको निर्देशन परिधिभित्र रहि व्यवसायीक कार्य गर्दै उक्त बैंकको निर्देशनहरु पूर्णरुपमा पालना गरिएको जानकारी समेत सभालाई गराए ।

छलफलको क्रममा शेयरधनीहरुबाट उठाईएका विभिन्न प्रश्न तथा जिज्ञासाहरुको उत्तर अध्यक्षको अनुमतिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतले दिए पश्चात साधारणसभाबाट वित्तीय विवरणलगायत सभामा छलफलका लागि पेश गरिएका साधारण तथा विशेष प्रस्तावहरु सर्वसम्मतबाट पारित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL